दोहा बैंक को सम्पर्क कार्यालय अब नेपालमा

काठ्माण्डौ, २३ मंसिर : हाल बईको आवुधावी, कुवेत, भारतको मुम्बईमा शाखा कार्यालय सञ्चालनमा रहेको कतारको दोहा बैंकले काठमाडौंको थापाथलीमा आफ्नो सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ ।दोहा बैंकको नेपालमा सम्पर्क कार्यालय मात्रै भएकाले प्रत्यक्ष रुपमा आर्थिक कारोबार भने नहुने बताईएको छ । नेपालका विभिन्न वाणिज्य बैंकहरुसँग यस कार्यालयले व्यवस्थापकीय सम्वन्ध विस्तार गर्ने र यहाँका बैंकहरुलाई दोहा बैंकका शाखा कार्यालयसँग जोड्न सहजकर्ताको रुपमा काम गर्नेछ । कतारमा काम गर्ने लाखौं नेपालीले त्यहाँका बैंकमार्फत यहाँको बैंक खातामा सिधै आफ्नो पैसा पठाउन सक्नेछन् ।

बैंकले ‘फन्ड प्लेसमेन्ट’ को रुपमा कार्य गर्ने जनाएको छ। फण्ड प्लेसमेन्टअन्तर्गत बैंकहरुले निश्चित अवधिका लागि निश्चित रकम डलरको रूपमा दोहा बैंकका शाखाहरुमा जम्मा गर्न सकिने छ ।

You can share this post!