तानसेन–बुटवल सडकखण्ड आजदेखि ३ दिन बन्द

१७ मंसिर : लामो समयदेखि नाजुक अवस्था रहेको सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने तानसेन–बुटवल सडकखण्ड आजदेखि ३ दिन बन्द गरिएको छ । बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सडक मर्मत हुने भएकोले मंसिर १९ गतेसम्म बाटो बन्द रहने भएको छ । अत्यावश्यकीय एम्बुलेन्सलगायतका सवारी साधन भने चल्न पाउनेछन् । आवागमनमा असुविधा हुने भएकाले यात्रुहरुले वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने हुन्छ ।

You can share this post!