मेलापर्वसंगै बस दुर्घटना

प्रायजसो नेपालको धेरैजसो ठांउमा धेरै धार्मिक स्थलहरु छन् । प्रदेश नम्बर ७ मा विभिन्न तिर्थस्थलहरु सहित विभिन्न धार्मिक मठमन्दिरहरु रहेका छन् । जहां बर्षैपिच्छे ति मन्दिरहरुमा दशै र तिहार सकिएपछि मेला लाग्ने गर्छ । आफुले मागेको वा सोचेको कुरा पुरा हुने धार्मिक विश्वास रहेको उक्त मेलापर्वको अवसर पारेर घरबाट बाहिर प्रदेसियका ब्यक्ति पनि उक्त मेलापर्वमा घर आउने गर्छन् । र मेलापर्बतिर धाउने गर्छन् , जांहा राम्रो बाटो र यातायात असुविधा, त्यहिमाथि बसले बोक्नेभन्दा धेरै लोड हुनेगरि यात्रु सहित अन्य सामानहरु बोक्ने गर्छन् जसको कारण सयौं मानिसहरुले ज्यान गुमाउनुपर्ने हुन्छ । जुन कुरा सोचेर तिर्थयात्रुहू तिर्थतिर धाउछन् त्यो भन्दा उल्टो हुने गर्छ कहिलेकांहि ।

मङ्सिर ६ बिहिबारको दिन  डडेल्धुरा–डोटी जोड्ने डा केआई सिंह राजमार्गको रडुवा खोलामा विहीबार साँझ भएको डोटीको शिखर नगरपालिकास्थित पिसजोन एकेडेमी स्कूलको बस दुर्घटनामा परी १८ जनाले ज्यान गुमाएका छन् । डडेल्धुराको दह ब्यारेक नजिकको पेट्रोल पम्पमा डिजल भरेर फर्कँदा स्याउलेमा उग्रतार मेला हेरेर घर फर्कने गाँउलेहरु गाढीमा चडेका थिय। ‘घर फर्कन साधन नपाएर बाटोमा सवारी कुरेर बसेका गाँउले यात्रुहरु उक्र बस चढेका थिय ।

मङ्सिर ७  मालिकार्जुनबाट दार्चुला सदरमुकाम खलङ्गा गए राति मालिकार्जुन मन्दिरको जात्रामा गएका भक्तजन लिएर आइरहेको बस आज बिहान पौने पाँच बजे दुर्घटना भएको हो । म१ख ४३६ नंको बस दुर्घटना हुँदा १८ जना घाइते र १ जनाको मुत्यु भएको छ ।

You can share this post!