सडक अवरोध

२९ कात्तिक , काठ्माण्डौ

दिनहु उडिरहने काठ्माण्डौको धुलो धुंवाले मानिसको स्वास्थ्यसहित उनिहरुको ब्यापार ब्यबसायमा पनि प्रभाव पारिरहेको छ । यसले सडक जाम सहित यात्रुहरु आºनो गन्तव्यमा पुग्न उनिहरुलाई लाग्ने समयभन्दा थप समय लाग्ने गर्छ । सडकखण्ड बर्षेनि मर्मत गरिएपनि केहि समय पश्चात फेरि पुरानै खाल्डाखुल्डीसहितको सडकमा उहि धुलो र धुंवा उड्ने गर्छ ।

सडक प्रदुषणका कारण स्थिानियहरुले आºनो व्यापार समेत नभएको गुनासो गर्दै आज काठ्माण्डौको कलंकी देखी सोल्टीमोड सडक खण्ड लगभग एक घण्टा बन्द गरिएको थियो । सडक विस्तारको नाममा स्वास्थ्यमाथि अति खेलबाड भएपछि धुवाँधुलो, खाल्डाखुल्डी तत्काल नियन्त्रण गर्न सरकारलाई दवाव दिन आफूहरुले सडक नै अवरुद्ध गरेको स्थानीय ले वताउनुभएको थियो । यो सडक खण्डबाट हुने प्रदुषणका कारण स्थानीय मारमा पर्दा पनि त्यसको व्यवस्थापन गर्न चासो नदेखाएको भन्दै स्थानीयले सरकारले चर्को आलोचना समेत गरेका थिय । सडक खाल्डो पार्ने तर पुनर्निर्माण नगर्ने गरेका कारण सवारी दुर्घटनामा परेर धेरैको ज्यान जाने अवस्था आएपछि त्यसको निर्माणमा ढिलाइ नगर्न सरकारलाई दवाव दिन आफूहरुले सडक बन्द गरेको स्थानीय व्यापारी ले जानकारी दिनुभएको थियो । । स्थिानियले सडक पीच, ढल व्यवस्थापनलगायतको काम तत्काल सम्पन्न नभए सो सडक खण्ड बन्द अनिश्चतकालसम्म गर्ने दबाब दिनुभएको थियो ।

You can share this post!