ज्येष्ठ नागरिकको लागि बढ्दो सुरक्षा

काठ्माण्डौ कात्तिक २९, क्ेहि समय अगाडि देखि नै कयौं जेष्ठ नागरिकहकरु बृद्धा आश्रममा देखिने गर्छन् । कुनै काम गर्न नसक्ने अबस्था भएपछि आम बुवा को नाममा भएको धनसम्पति आðनो नाममा गरेर धेरैजसोको छोरा बुहारीले आमा बुबालाई लगेर बृद्धा आश्रममा राख्ने गरेको पाइन्छ । तसर्थ अबको दिनदेखि आðनो कमाईको १० प्रतिशत रकम आðनो आमाबुबाको नामको खातामा अनिबार्यरुपमा राख्नुपर्ने नांया नियम बनाईएको छ ।

महिला बालबालिका तथा ज्येष्ड नागरिक मन्त्रालयका अनुसार ज्येष्ठ नागरिक सम्बन्धि ऐन, २०६३ संसोधन गरी यस्तो प्रावधान राख्न मन्त्रिपरिषदमा प्रस्ताव लगिएको हो ।

प्रस्तावित ऐनमा ‘सार्वजनिक पदधारण गरेको ब्यक्तिले आðनो मासिक पारिश्रमिकबाट १० प्रतिशत रकम ज्येष्ठ नागरिक आðना बाबुआमाको नाममा रहेको बैंक खातामा जम्मा गर्नुपर्ने छ ‘ भनिएको छ । यसका साथै आफ्नो आम्दानीको १० प्रतिशत आमाबाबुलाई बुझाएको बारे सम्बन्धित निकायमा जानकारी गराउनुपर्ने ऐनमा व्यवस्था छ ।

त्यसैगरी कुनै पनि सार्वजनिक पदधारण गरेका व्यक्तिले ऐनबमोजिम कसुर गरेमा निजलाई अन्य व्यक्तिलाई हुने सजायमा ३० प्रतिशत थप सजाय हुनेछ । यसरी बाबुआमाको नामको खातामा केहि रकम अनिवार्य रुपमा राख्दा बृद्धा अबस्थामा उनिहरुलाई बृद्धा आश्रममा जानुनपर्ने र कुनै सडकपेटिमा बास बस्नुनपर्ने हुन्छ । उनिहरुलाई बस्न खानको लागि केहि सजिलो हुन्छ । पछिल्लो समयमा संयुक्तभन्दा एकल परिवारको संस्कृति मौलाउँदै गएको सन्दर्भमा ‘ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ’ भनी संविधानमा व्यवस्था गरिएको छ ।

You can share this post!