सरसफाईमा राष्ट्रसेवकसंग सहकार्य गर्दै लाईन्स क्लब अफ काठमाडौं लर्डबुद्द!

काठमाण्डौ, कार्तिक २७- अन्य क्षेत्रको तुलनामा शहरी क्षेत्रमा प्रायजसो धेरै फोहोर र दुर्गन्धित हुने गर्छ । त्यसभित्र धेरै फोहार र धुलो धुवा हुने क्षेत्र भित्र पर्छ नेपालको राजधानी काठमाण्डौं। जहाँ नेपालका कुनाकाप्चा देखिका मानिसहरु  रोजगारीको सिलसिलामा बसेका छन् भने कोहि आफ्नो पढाईको लागि बसेका छन। यस उपत्यकामा बस्नको लागी उपयुक्त वातावरण पनि विग्रिदै गईरहेको छ। त्यहि काठमाण्डौभित्र पर्ने प्रसीद्ध बाग्मति नदी को फोहरले नै प्रायजसो वातावरण प्रदुषण भईरहेकोछ। फोहोर न्युनिकरण गर्नको लागि विभिन्न किसिमका सरसफाई कार्यक्रमहरु संचालन भईरहेका हुन्छन र पनि धेरै जसो ठाउँहरुमा जताततै फोहोर नै देखिन्छ। आज बाग्मति नदिमा  देखिएको फोहोर न्युनिकरण गर्नको लागि सशस्त्र प्रहरी बल नेपाल, लाईन्स क्लब अफ काठमाण्डौं लर्डबुद्ध र अन्य सर्बसाधारण जनताहरु मिलेर सरसफाई कार्यक्रम सम्पन्न भएको थियो।

विशेष गरी उक्त कायक्रम नियमित सरसफाई अभियानलाई अन्तर्गत गरिएको थियो। निरन्तर भईरहने सामाजिक सेवाका कार्यक्रममा समावेस हुने लाईन्स क्लब अफ काठमाण्डौं लर्डबुद्ध पनि सरसफाई कार्यक्रममा सहभागि भएको थियो। उक्त सरसफाई कार्यक्रमका केही झलकहरु

You can share this post!