टिकापुरमा कालिका देवी मन्दिरको उद्घाटन !

यहि मिति २०७५ साल असोज २४ गतेका दिन अर्थात बडा दशैको घटस्थापनाका दिन प्रदेश नं ७, कैलाली जिल्लाको टीकापुर १ / “बी” मा साउँद सेवा समितिको आयोजनामा कालिका देवी मन्दिरको भब्यताका साथ उद्घाटन कार्यक्रम रहेको छ। उक्त कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्ब माननीय सिंचाई मन्त्री नारायण प्रसाद साउँद (एन. पी. साउँद) प्रमुख अतिथिको रुपमा रहने र उहाँबाट समुदघाटन हुने कार्यक्रम रहेको छ। उक्त कार्यक्रममा बिशेषगरी सम्पूर्ण कैलालीबासी तथा अन्य समपुर्ण महानुभाबहरुलाई उपस्थित भई  कालिका देवीको दर्शन गर्न हार्दिक आब्हान गरियको छ।

उक्त मन्दिरको शिलान्यास मिति २०७२ साल पौष ९ गते साउँद सेवा समितिका जेष्ठ सदस्य समाजसेवी श्री जंग बहादुर साउदबाट भएको थियो। यस मन्दिर निर्माणमा आर्थिक संयोजक श्री भिम बहादुर साउँद हुनुहुन्छ जो साउँद सेवा समितिका केन्द्रीय अध्यक्ष हुनुहुन्छ।

You can share this post!