एलजी सिनेमा सर्कल अवार्डको नतिजा आयो यस्तो : नाजिर र नीता सर्वोत्कृष्ट ।

आज एकै दिन दुई वटा अवार्ड आयोजना भएका छन् ।  एउटा नेपालमा एल.जी सिनेमा सर्कल अवार्ड सम्पन्न भयो भनो अर्को उता जापानमा सूर्य ईन्टरन्याश्नल अवार्ड आयोजना भयो ।

दुई अवार्ड वितरण शैलीमा आ – आफ्नै खालका प्रक्रिया र विशेषता थिए ।  उता जापानमा भएको अवार्डमा अनलाई भोटिङलाई प्राथामिकतामा राखिएको थियो भने यता आयोजक दिनेश डिसीका साथमा पत्रकार कृष्ण भट्टराई र संगीतकार महेश खड्का जुरी सदस्यका रुपमा थिए ।

जापानमा कुन कलाकारले कुन फिल्मबाट के अवार्ड पाए हामी अर्को सामाचारमा लेख्ने छौ त्यसैले अहिलेलाई हामी प्रस्तुत गर्दै छौं एलजी सिनेमा सर्कल अवार्डको नजिता ।

नतिजामा बेष्ट फिल्मको अवार्ड तिमीसंगलाई दिईयो भने बेष्ट डिरेक्टरमा भुई मान्छेबाट नवराज बुढाथोकीको नाम आयो । यस्तै बेष्ट हिरोइनमा नीता ढुंगाना पञ्चायत फिल्मबाट परेकी छिन् भने बेष्ट हिरो तिमीसंगबाट नाजिर हुसेनलाई दिईयो । पञ्चायतले बेष्ट कम्मेनडेबल फिल्मको  अर्वाड पनि पाएको छ ।

पपुलर एक्टर मेल तर्फको  अवार्ड चाँहि प्रदीप खड्कालाई दिईएको छ भने पपुलर एक्टर फिमेल तर्फ  प्रियंका कार्कीको नाम उद्घोष भयो । यसैगरी क्रिटिक्स अवार्ड तर्फ मंगलम फिल्मबाट पुष्प खड्काले पाएका छन् ।

बलिउडका निकै चर्चित अभिनेता गोविन्दाको बिशिष्ट आतिथ्यमा सम्पन्न अवार्डमा उपराष्ट्रपति नन्दकिशोर पुनः प्रखुम अतिथिका रुपमा उपस्थित थिए ।

कार्यक्रममा ५१ ह्जार नगद सहित किड्नी ट्रान्प्लान्ट गरि विरामी आराम गरिरहेका  निर्देशक किशोर रानालाई लाईफटाईम अचिभमेन्ट अवार्ड प्रदान गरियो । उनी विरामी रहेका कारण रानाकी धर्मपत्नी गायिक संगिता प्रधानले लाईफ टाईम अवार्ड रिसिभ गरेकी थिईन् । २३ विधामा वितरण भएको अवार्डको नतिजा यस्तो छ हेर्नुस् ।

लाइफटाइम एचिभमेन्ट अवार्डः निर्देशक  किशोर राना

1) पोस्टर अफ दि इयर: शत्रुगते, सान थापा-विजय वश्याल
2) ट्रेलर अफ दि इयर: सुरेन्द्र पौडेल, कृ
3) स्टण्ट अफ दि इयर: पिँजडा ब्याक अगेन, सिम्पसन तामाङ
4) पपुलर गीत अफ दि इयर:कुटुमा कुटु, ‘दुई रुपैयाँ’

5) भिएफएक्स अफ दि इयर: माओत्सु मुकामी, माइलभ
6) कम्मेन्डेवल फिल्म अफ दि इयर: पन्चायत
7) पपुलर एक्टर अफ दि इयर: प्रदिप खड्का
8) पपुलर एक्ट्रेस अफ दि इयर: प्रियंका कार्की
9) व्याकग्राउण्ड स्कोर अफ दि इयर: एलिश कार्की

10) एडिटर अफ दि इयर: मित्र डि गुरुङ, शत्रुगते
11) स्क्रिनप्ले अफ दि इयर: तिमीसँग
12) सिनेमाटोग्राफर अफ दि इयर: भुइँमान्छे, बिदुर पाण्डे
13) एक्सन डिरेक्टर अफ दि इयर: चन्द्र पन्त, कृ
14) कोरियोग्राफर अफ दि इयर: कविराज गहतराज, कुटुमा कुटु
15) प्लेब्याक सिंगर अफ दि इयर ‘मेल’: सुगम पोखरेल, भन्छु आज
16) प्लेब्याक सिंगर अफ दि इयर ‘फिमेल’: मेलिना राई, कुटुमा कुटु
17) अन स्क्रिन कपल अफ दि इयर: रमेश उप्रेती र दीपिका प्रसाईं
18) म्युजिक डिरेक्टर अफ दि इयर: अर्जुन पोखरेल, भन्छु आज
19) एक्ट्रेस अफ दि इयर: नीता ढुङ्गाना, पञ्चायत
20) एक्टर अफ दि इयर: नाजिर हुसेन, तिमी सँग
21) डिरेक्टर अफ दि इयर: नवराज बुढाथोकी, भुइँमान्छे
22) फिल्म अफ दि इयर: तिमी सँग
23) क्रीटिक्स अवार्ड: पुष्पल खड्का

तस्बिर सौजन्य :  कुशल घतानी रमाईलोछ डटकम

www.newsfilmy.com बाट साभार गरिएको

You can share this post!