बाजुराका सहकारी प्रविधिमैत्री बन्दै

 

 

बाजुरा भदौ २४, प्रविधी र आधुनिककरणको माग सगै प्रदेश न ७ को बाजुरा कोल्टिमा स्थानिय सहकारी संस्था र प्रभु मेनेजमेन्ट प्रा. लि. को संयुक्त पहलमा सहकारीमैत्री अत्याधुनिक लेखा सफ्टवेयर सन्चालनमा ल्याईएको छ। जिल्लाका मिलिजुली बहुउद्देश्यीय सहकारी संस्था लि., सत्यसाई बचत तथा ॠण सहकारी संस्था लि., कालिका बहुउद्देश्यीय सहकारी संस्था लि. र जसुदा बचत तथा ॠण सहकारी संस्था लि. ले प्रभु मेनेजमेन्ट प्रा. लि. ले उत्पादन गरेको अनलाईन PCS (Prabhu Co-operative Solution) अत्याधुनिक लेखा सफ्टवेयर सन्चालनमा ल्याएका हुन। उक्त अनलाईन सफ्टवेयर सन्चालनमा आए संगै बचत तथा ॠणको व्याज गणना लगायत संस्था र शेयर सदस्यलाई आवश्यक सम्पूर्ण रिपोर्टहरु सफ्टवेयरले तुरुन्तै उपलब्ध गराउनेछ साथै सफ्टवेयर सन्चालनमा आए संगै ढड्डामा हिसाब किताब राख्नु नपर्ने र हिसाब पारदर्शी र मितव्ययि रहने भएकोछ।

    यसका अतिरिक्त सहकारी तथा शेयर सदस्यलाई प्रविधिमैत्री बनाउन उक्त PCS सफ्टवेयरमा SMS, Ebanking / Rupaiya Debit Card समेत जारी गर्न पाउने सुविधा रहेको कुरा प्रभु मेनेजमेन्ट प्रा. लि. का सफ्टवेयर प्रशिक्षक उदय बहादुर रोकायाले जानकारी गराउनु भयो। अतिरिक्त सुबिधा मार्फत शेयर सदस्य (ग्राहक) ले आफ्नो खातामा रकम जम्मा भएको र झिकिएको र आफ्नो खातामा  रहेको ब्यालेन्स बारे जानकारी पाउनेछन। साथै सहकारी संस्थाले जारी गरेको  ATM Card  मार्फत सहकारिमा खाता भएको जुनसुकै ग्राहकले  विभिन्न कमर्सियल बैक को ATM बाट पैसा झिक्ने तथा अन्य खातामा रकम पठाउन सकिने सुबिधा रहेको छ।

     परम्परागत ढाँच मा खाता राख्दा पाना च्यातीने, हराउने तथा ग्राहकको सम्पूर्ण रेकर्ड समयमै उपलब्ध गराउन नसकिने जस्ता समस्याले गर्दा प्रभु मेनेजमेन्ट प्रा. लि. संग छलफल गरेर नै आफुहरुले अनलाईन सफ्टवेयर लिएको कुरा मिलिजुली बहुउद्देश्यीय सहकारी संस्था लि अध्यक्ष अग्नी शाहीले बताउनुभयो। साथै अब तुरुन्तै लेखा राख्ने कार्यका अतिरिक्त ग्राहकलाई SMS / Rupaiya Debit Card मार्फत सुबिधा दिने गरी काम थालिएको र बाजुराको सहकारी संस्थाका लागी नयाँ आयाम थपिने गरी काम गरिएको कुरा सत्यसाई बचत तथा ॠण सहकारी संस्था लि. का ब्यावस्थापक नन्द बहादुर खत्रीले बताउनुभयो ।

                  प्रभु रेमिटान्स, प्रभु बैक, प्रभु सहकारी, प्रभु इन्सयोरेन्स जस्ता बिभिन्न सेवा प्रदान गरिरहेको प्रभु ग्रुप अन्तर्गत प्रभु मेनेजमेन्ट प्रा. लि. ले उपलब्ध गराएको PCS लेखा सफ्टवेयर सहकारी संस्थाको आवश्यकता अनुरुप डिजाईन गरिएको आधुनिक सफ्टवेयर हो। साथै उक्त लेखा सफ्टवेयर प्रभु मेनेजमेन्ट प्रा. लि. ले सहकारी संस्थाहरुलाई निशुल्क रुपमा उपलब्ध गराउदै आएको छ।

You can share this post!