पुरा होला र ? यिनिहरुको नमुना अध्ययन गृहको बनाउने सोच।

पुरा होला र ? यिनिहरुको नमुना अध्ययन गृहको बनाउने सोच।
Uncategorized

जनक सुनार

विभिन्न सामाजिक कार्य गर्दैगर्दै अहिले लम्कीका युबा अभियान्ता साथीहरू एउटा ठूलो सोचमा छन अब उनिहरु एकदमै चुनौतीपुर्ण कार्यकार्यको सुरुवात गरेका छन , यसभन्दा अगाडि टिम बनाएर विभिन्न सामाजिक कार्य गरेका अभियान्ता हरु जनक सुनार , उदय भाट, प्रकाश खनाल , भुवन तिमिल्सिना लगाएतका साथीसाथीहरुको टिम अब एउटा ठूलो कामको जिम्मा लिने भएको छ करिब ५० जना असहाय बिधार्थिको लागि उनीउनिहरुले एउटा नमुना अध्ययन गृहको कल्पना गरेका छन,

यो कैलाली जिल्लाको लम्की भन्ने ठाउँमा हो। यहाँ करिब ५० जना असहाय बिद्यार्थीहरु छन। उनीहरुका कसैका आमाबुवा छन कसैका छैनन। यो देख्दादेख्दै पनि कसैले केही सहयोग गरेका छैनन् । यी मुक्तकमैयाका छोराछोरीहरुको भबिस्य अँध्यारो दिनदिनै परेको छ। उनीहरु बिधालयको शुल्क तिर्न सक्दैनन भनेर पनि कसैले आफ्नो बिधालयमा भर्ना लिदैनन ! अहिले उनिहरुलाई एकजना हाम्रै साथीले १ रुपैयाँ १ दिनको एउटा बिद्यार्थीबाट उठाएर पढाईदिनु भएको छ । त्यही पनि धेरैले तिर्न सक्दैनन , अब यी सबै कुरा देख्दा हामीहरु मिलेर यी बालबालिकाहरुको लागि केही आर्थिक सहयोग संकलन गरि बसेर पढ्नको लागि सामान्य खालको भवन बनाइ दिने निर्णय गरि विभिन्न व्यक्तित्व लगायत “सिर्जनशिल नेपाल ” नामक ग्रुपद्वारा यो अभियान संचालन गरिएको छ। यसर्थ हामी सहयोगको अपेक्षा गर्दछौं । जहाँबाट जे जसरी सहयोग गर्न सकिन्छ गरि यी बालबालिकाको उज्ज्वल भविस्यको लागि हामीले केही गर्ने बिचार गरेका छौं । अब केही दिनपछि यहाँ ती ५० जना बिद्यार्थीका लागि सबै ठाउँबाट सहयोग संकलन गरेर एउटा दिनभरी बसेर पढने “नमुना अध्ययन गृह” बनाउने सोचेका छौ !

यो अभियानमा तपाईको साथको पनि अपेक्षा राखेका छौ !

जनक सुनार :-9811644617

You can share this post!

Previous article

Next article