क्यालिफोर्नियामा आगोको बबन्डरः दुई बालबालिकासहित पाँचको मृत्यु, ४० हजार बिस्थापित

बीबीसी

अमेरिकाको उत्तरी क्यालिफोर्नियाको जंगलमा लागेको भीषण आगोमा परी एक वृद्ध महिला र दुई बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ भने १७ जना हराइरहेका छन् ।

शक्तिशाली हावाहुरीले डढेलो फैलिरहँदा त्यहाँबाट झण्डै ४० हजार मानिसलाई अन्यत्र सारिएको छ ।

ज्यान गुमाएका पाँचमध्ये बालबालिका र उनीहरुका जिजु हजुरआमा रहेको खबर छ ।

उक्त डढेलोमा बिहिबार दुईजना अग्निनियन्त्रकहरुको ज्यान गएको थियो ।

You can share this post!