गगनलाई रवीन्द्रको जवाफ : काङ्ग्रेसले ‘समाजवाद’ नबिर्सिएको भए गोविन्द केसी सुत्नै पर्ने थिएन

काठमाडौँ । सरकार र गोविन्द केसीबीच सहमति भएपछि गोविन्द केसीका मागमा सँगै आन्दोलन गर्ने गगन थापा र साझा विवेकशील पार्टीबीच दोहोरी सुरु भएको छ ।

सो पार्टीका नेता रवीन्द्र मिश्र र प्रवक्ता सूर्यराज आचार्यले थापालाई काङ्ग्रेसकै कारण डा. गोविन्द केसीले अनसन बस्नुपरेको भन्दै कटाक्ष गरेका छन् ।

शुक्रबार संसद बैठकमा काङ्ग्रेस सांसद थापाले ‘काङ्ग्रेस नउठको भए गोविन्द केसी सुतेको सुत्यै हुन्थे’ भनेर दिएको अभिव्यक्तिको मिश्रले आलोचना गरेका हुन् ।

मिश्रले शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमा काङ्ग्रेसका नेताहरुले निहित स्वार्थमा ‘समाजवाद’ नर्बिसिएको भए डा. केसी अनसन बस्नै नपर्ने जवाफ दिएका छन् । उनले अहिले आफूलाई समाजवादी भन्न रुचाउने काङ्ग्रेस नेताहरुलाई समाजवादले शिक्षा र स्वास्थ्यलाई यसरी व्यापारिकरण कहिल्यै नगर्ने सुझाव समेत दिएका छन् ।

मिश्रले मात्रै होइन सोही पार्टीका प्रवक्ता सूर्यराज आचार्यले पनि गगनलाई कडा जवाफ दिएका छन् । उनले पनि सामाजिक सञ्जाल ट्वीटरमार्फत भनेका छन् –यो पनि सत्य हो कि २०४८ देखि शिक्षा र स्वास्थ्य नीतिलाई काङग्रेसले नाफाखोर र व्यापारिकरण नगरेको भए डा. गोविन्द केसी सुत्नै पर्ने थिएन । काङ्ग्रेस नेताहरुले यो विषयमा पनि बोल्दा राम्रो हुने थियो ।’

सांसद थापाको भनाईप्रति लक्षित गर्दै अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता कृष्ण शर्माले गोवन्द केसीको पक्षमा उठेकाहरु काङ्ग्रेस नभएको लेखेका छन् ।

You can share this post!