थाईल्यान्ड: गुफामा रहेका सबै बाल खेलाडीको उद्धार

थाई जलसेनाले गुफामा गत जुन २३ देखि फसेका सबै जनाको उद्धार गरिएको पुष्टि गरेको छ।
आइतवार र सोमवार प्रत्येक दिन चार-चार जना गरेर गुफाको प्रवेशद्वारबाट चार किलोमिटिर भित्र फसेको टोलीका आठ बालकको सकुशल उद्धार गरिएको थियो। उद्धार गरिएका व्यक्तिहरूलाई बोकेका एम्बुलेन्सहरू चियाङ राईस्थित अस्पताल पुग्दा त्यहाँ भेला भएका मानिसहरूले हर्षोल्लास गरेका थिए।

बालकहरूको अवस्था कस्तो छ?
यसअघि उद्धार गरिएका आठ बालकहरू शारीरिक र मानसिक रूपमा स्वस्थ रहेको बताइएको छ।

उद्धारपछि अस्पतालमा भर्ना गरिएका बालकहरूको एक्स-रे एवम् रक्तपरीक्षण गरिएको छ। उनीहरूलाई चिकित्सकको निगरानीमा अस्पतालमा कम्तीमा पनि एक हप्ता राखिने छ। अस्पताल लगिँदा केही बालकहरू न्यून तापक्रमका कारण समस्याग्रस्त थिए। तिनमध्ये एक जनाको मुटुको चाल पनि कम थियो। तर अहिले उनीहरू सबैको स्थितिमा सुधार आइसकेको छ।

“आठै जनाको स्वास्थ्य राम्रो छ। ज्वरो पनि छैन।…सबै मानसिक रूपमा पनि ठिक छन्,” स्वास्थ्य मन्त्रालयका सचिव जेसाडा चोकेडाम्रोङ्सुकले एउटा पत्रकार सम्मेलनमा बताए। स्वास्थ्य अधिकारीहरूका अनुसार बालकहरूलाई अहिले सजिलै पच्ने खानेकुरा दिइएको छ।

You can share this post!