विस्वकप : फ्रान्स बिरुद्ध बेल्जियम पहिलो सेमिफाइनल कस्ले मार्ला बाजी

विश्वकप २०१८ | रसियामा हुन गैरहेको आजको खेल दुइ ठुला टिम हरुको ठुलो परिछाको रुपमा रहेको छ | बेल्जियम ब्राजिल र बेलायत जस्ता देशलाई हराउदै फ्रान्स संगको सेमिफाइनल भेट पक्का गरेकोछ त उता फ्रान्स पनि समूह बिजेता हुदै अर्जेन्टिना र उरुग्य जस्ता कडा पर्तिद्वंदी लाई हराउदै बेल्जियम संगको खेल पक्का गरेको छ |

दुवै टोलि आफ्नो आक्रामक शैलीका कारणले परिचित छन् | खेल दुइ उत्क्रिस्ट मिडफिल्ड र फरवार्ड भयका देश हरु बीच हुदै छ | सेमिफाइनलमा फ्रान्ससँग मंगलबार राति पौने १२ बजे हुने खेलमा मात्रै नभएर आफूहरुको ध्यान उपाधिमै केन्दि्रत रहेको डी ब्रुयनले बताएका छन् । बेल्जियम रसिया विश्वकपको सेमिफाइनलसम्म निकै उत्कृष्ट रुपमा आइपुग्यो । प्रशिक्षक, खेलाडीसँगै समर्थक पनि खेलबाट सन्तुष्ट छन् ।

क्वार्टरफाइनल खेलमा फ्रान्सले उरुग्यलाई २–0 गोलअन्तरले पराजित गयो भने बेल्जियम पाँच पटकको विश्वकप विजेता ब्राजिललाई २–१ गोलअन्तरले पाखा लगाउँदै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गर्न सफल भयो । त्यसैगरी यता बेलायतले स्वीडेनलाई २–० तथा क्रोसियाले आयोजक रुसलाई ट्राइब्रेकरमा ४–३ गोलअन्तरले हराउँदै सेमिफाइलनमा आफ्नो स्थान सुरक्षित ग¥यो ।

सेमिफाइनलमा मंगलबार फ्रान्सले बेल्जियमको सामना गर्दैछ । प्रत्येक चार चार वर्षमा आयोजना हुने विश्वकपमा पछिल्लो कालमा फ्रान्सले १२ वर्षपछि तथा बेल्जियमले ३२ वर्षपछि सेमिफाइनलको यात्रा तय गरेका हुन् ।

त्यस्तै बुधबार हुने दोस्रो सेमिफाइनल खेलमा एक पटकको विश्व विजेता बेलायतले क्रोसियाको सामना गर्दैछ । पछिल्लो कालमा बेलायत २८ वर्षपछि तथा क्रोएसिया २० वर्षपछि सेमिफाइनल पुगेका हुन् ।

You can share this post!