टिकापुर पार्कको अबस्था

पश्चिमी नेपालको सबैभन्दा ठूलो र सुन्दर पार्क मध्ये एक कैलाली जिल्लाको टिकापुर नगरपालिकामा स्थित टिकापुर पार्क रहेको छ। यो पार्क राजा महेन्द्रले बनाएको थिए। त्यस समयमा उनको स्वास्थ्य अवस्था अत्यन्तै खराब थियो, हृदय रोगको कारण उनलाई डाक्टरले आराम गर्न आग्रह गरेका थिय तर उनको यस्तो स्वास्थ्य अबस्थामा पनि उनले यसको निर्माणमा निरन्तरता दिन पठाएका थिय। टिकापुर नगरपालिका क्षेत्रमा योजनाबद्द बिकास गर्ने तथा यस क्षेत्रका संस्थापक अग्रज श्री खडक बहादुर सिंहको पनि यस पार्क निर्माणमा ठुलो देन रहेको छ।

आजभोली टिकापुर पार्क पर्यटक र मनोरञ्जनको क्षेत्रका लागि चर्चित छ।। स्वदेशी तथा बिदेशी मानिसहरू सुन्दर वातावरण, शान्ति र आत्म सन्तुष्टिको लागि यस ठाउँको भ्रमण गर्न आउँदछ। पर्याप्त र शान्त वातावरणको कारण र नजिकै रहेको बर्दिया राष्ट्रिय निकुञ्जल तथा कर्णाली नदिले पनि यस पार्कलाई राम्रो बनायको छ। यस पार्कको २५ किलोमिटरमा कर्णाली पुल र ४४ किलोमिटरको दुरीमा घोडाघोडी ताल रहेको छ। यसरी उल्लेखीत स्थानहरु जोडेर पर्यटन रुट संचालन गर्न सकेका खण्डमा यस क्षेत्रको समग्र पर्यटकीय बिकास हुने देखिन्छ।

यसरी राज्यको ठुलो महत्व र लगानी पाएको तथा ईतिहास बोकेको यस टिकापुर पार्क उचित संरक्षणको अभाबमा जिर्ण अबस्थामा पुगेको छ। पार्कको मूल गेट तथा काठका पुलहरु मर्मत सम्भारको अभाबमा कमजोर बनिरहेका छन भने बिश्रामस्थलहरु फोहोर तथा काम नलाग्ने अबस्थामा पुगेका छन। स्थानिय सरकारको गठनसंगै केहि कामहरु नगरपालिकाले गरेपनि प्रयाप्त देखिदैन। तसर्थ अबको दिनहरुमा गौरबशाली ईतिहास बोकेको पार्क सुधार गर्न तथा ब्यबस्थित गर्न पार्क ब्यबस्थापन समिति र स्थानिय टिकापुर नगरपालिकाले समयमै उचित सकृयता देखाउनुपर्ने देखिन्छ।

You can share this post!