विभिन्न सामाजिक कार्यक्रम गरि यूराशिया रेयूकाईको त्रीदिवसिय कार्यक्रम सम्पन्न

१६ असार २०७५, यूराशिया रेयूकाई नेपाल अन्तर्गतका मिहाता शाखा र समाज विकास केन्द्रहरुमा गत असार १० गतेदेखि १६ गतेसम्म विभिन्न कार्यक्रमहरुको आयोजना गरि यूराशिया रेयूकाई त्रीदिवसिय कार्यक्रम सम्पन्न भयको छ ।
बिर्तामोड, भद्रपुर, धरान, जनकपुर, भक्तपुर, ललितपुर, काठमाडौं, नारायणगढ, बद्र्घघाट, भैरहवा, नेपालगञ्ज, टिकापुर, धनगडी लगायतका क्षेत्रहरुमा बालभेला एवं बाल प्रतिभा कार्यक्रम, महिला सिपमूलक तालिम, युवा अभ्यास कार्यक्रम, बृद्घ सम्मान, स्वास्थ्य सम्बन्धी जनचेतना मूलक कार्यक्रम तथा निशुल्क स्वास्थ्य परिक्षण आयोजना गरि यूराशिया रेयूकाई त्रीदिवसिय कार्यक्रम सम्पन्न भयको थियो । स्थानिय क्षेत्रको बृहत सहभागितामा सम्पन्न भएको उक्त कार्यक्रमहरुमा २,००० भन्दा बढी व्यक्तिहरु लाभान्वित हुनुभएको थियो ।
यूराशिया रेयूकाई नेपाल विशुद्घ सामाजिक संस्थाको रुपमा रही मानव समाजको अन्तर आत्माको विकासको माध्यमबाट शान्तिपूर्ण समाजको सृजना गरी सामाजिक सेवाको माध्यमबाट विश्वशान्तिका किरणहरु समस्त मानव समुदायको ह्रृदयभित्र पुर्याउने उदेश्यले सन् १९७७ मा स्थापित यस संस्थाले  विभिन्न सामाजिक एवं शैक्षिक कार्यक्रमहरु आयोजना गर्ने मौका पाईरहेको साथै छिट्टै नै राष्ट्रव्यापी कार्यक्रमको आयोजना गर्ने तयारी भैरहेको कुरा संस्थाका केन्द्रीय अध्यक्ष दीपक गजुरेलले जानकारी गराउनु भयो ।

You can share this post!