भारतीय आन्दोलनले जोगबनी नाका अबरुद्ध, सवारी साधनको लाइन ७ किलोमिटरसम्म

विराटनगर , २१ जेठ :   भारतीय जनता पार्टीको युवा मोर्चाले गरेको अन्दोलनले जोगबनी नाका अबरुद्ध भएको छ । युवा मोर्चाको आन्दालनले भन्सारमा जाँचपास हुन जोगबनी नाका अबरुद्ध भएको हो ।

जाँचपासमा ढिलो गर्दा मालवाहक ट्रकको जामले दैनिक जीवन कष्टकर बनेको छ । आईसीपीबाट निस्किएका मालवाहक ट्रकको भन्सार जाँचपासमा ढिलाईले जोगबनी बजारका साँघुरा सडकमा ट्रकको जामले सार्वजनिक यातायातका साधन गुड्न समस्या भएको भन्दै भारतीय जनता पार्टीको युवा मोर्चाका स्थानीय अगुवा कार्यकर्ता राजन तिवारी र रोहित यादवको नेतृत्वमा स्थानीय सडकमा निस्किएका छन्।

उनीहरुले मालवाहक ट्रक राखिएको भारततर्फको आईसीपीमा धर्ना दिदा सोमबार एउटा पनि ट्रक त्यहाँबाट बाहिर निस्कन पाएका छैनन्। ट्रक र सार्वजनीक यातायातका साधनको जाम आईसीपी देखि करिब ७ किलोमिटर दक्षिण वथनाहासम्म पुगेको छ। उनीहरुले जामको समाधान नभएसम्म धर्ना जारी रहने चेतावनी दिएका छन्।

You can share this post!