यौनांग विना जन्मिएकी युवती, डाक्टरले दिए नयाँ जीवन

सायद चिकित्सा पद्धतिको चमत्कार सफल नभएको भए, ब्राजिलकी २३ वर्षीया जुसिलाइन मरिनोको जीवन निकै कष्टप्रद हुन्थ्यो होला । मरिनो जन्मिँदै उनको यौनांग थिएन । जीवन निकै कठिन बनिरहेको थियो । तर, विज्ञानले यस्तो गरेर देखाइदियो, जुन कल्पनाभन्दा बाहिर थियो ।

ब्राजिली डाक्टरहरुले फेडरल युनिभर्सिटी अफ सियरामा एउटा ऐतिहासिक शल्यक्रिया सम्पन्न गरे र मरिनोको जिउमा यौनांग प्रत्यारोपण गर्न सफल भए ।

मरिनोको शरीरमा हालिएको यौनांग टिलापिया जातको माछाको छालाबाट बनाइएको हो ।

गत वर्ष अप्रिलमा यो शल्यक्रिया गरिएको थियो । तर, शल्यक्रिया पूर्ण रुपमा सफल भएर मरिनोको शरीरमा नयाँ यौनांगले पूर्णरुपमा काम गर्न थालेपछि मात्र यसको खुलासा गरिएको छ ।

माछाको छालाबाट महिलाको यौनांग बनाउन कसरी सम्भव भयो ? उक्त शल्यक्रिया गर्ने डाक्टरका अनुसार टिलापिया माछाको छालाले मानिसको शरीरसँग जोडिएर स्टेम कोशिकाको रुपमा काम गर्दछ । अनि, मानव छालामै मिलेर सेल्युलर टिस्यूको विकास गर्दछ । जसबाट यौनांगका तन्तुहरु बन्दछन् ।

यौनांग नै नभएको आफ्नो शारीरिक अवस्थाका कारण मरिनो लामो समयदेखि डिप्रेसनमा थिइन् । अब आफुले पनि अरु महिलाले जस्तै बच्चा जनमाउन पाउने र आफुले पनि आम महिलाले जस्तै यौन जिवनको अनुभव गर्न पाउने भएपछि उनी अहिले निकै खुसी छिन् ।

You can share this post!