संसदमा गगन थापाले भने– रामराम भन्छौ, काँध थाप्न सक्दैनौं

काठमाडौं– कांग्रेस सांसद गगन थापाले कतिपय सांसद र अर्थशास्त्रीहरुले बजेट सन्तुलित भएको प्रतिकृया दिएपनि बजेटले चार ‘स’ लाई सम्बोधन गर्न नसकेको बताएका छन् ।

संसदमा जारी बजेटमाथि छलफलका क्रममा सांसद थापाले चार ‘स’ अर्थात संघीयता, संविधान कार्यन्यन, संघीय वित्त व्यवस्थापन र सम्बृद्धिको सवालमा बजेट चुकेको बताए ।

उनले बहुमतको सरकारले ल्याउने बजेट १० बर्षको मार्गदर्शन गर्छ कि भन्ने अपेक्षा भएपनि बजेटले त्यो अपेक्षा पूरा गर्न नसकेको धारणा राखे । उनले सरकार एक बर्षे परीक्षणकालमा रहेको र त्यसपछि आफूले प्रतिवेदन पेश गर्ने बताए । ‘पूर्वाधारमा रकम प्रष्टता भएन’ सांसद थापाले  कोरियाको उदाहरण दिँदै करको दायरा बढाएकाले कुनैपनि लगानीकर्ता नआउने दावी गरे ।

अर्थमन्त्रीले बजेट बनाउदा साहस गर्न नसकेको भन्दै निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमका नाममा बजेट  छुट्याउनु गलत भएको बताए । ‘यो संसदीय व्यवस्थाको मर्मविपरित छ । सांसदले दिएका कुनैपनि सूची अर्थमन्त्रीले कटाउन सक्नु भएन ।’

‘कर बढाउने या दर बढाउने ? विज्ञ अर्थमन्त्री भनिएपनि उहाँले विज्ञता देखाउन सक्नुभएन । मेक्सिकोको सारी कार्यक्रम एक दिन बनाउदा २६ प्रतिशत व्यवसायी आए’ थापाले उदाहरण पेश गरे ।
उनले पुजिँगत खर्चमा सार्वजनिक खरिदको कुरा पुरानै भएको भन्दै बजेट संगतिपुर्ण बनाउने कुरामा पनि चुकेको बताए ।

You can share this post!