व्यापार घाटा कम गर्न सरकारले ल्यायो यस्ता प्राथमिकता


व्यापार घाटा कम गर्न सरकारले ल्यायो यस्ता प्राथमिकता

काठमाडौं– सरकारले मुलुकमा बढ्दो व्यापार घाटा कम गर्न सिमेन्ट, कफी, चिया र पश्मिनाको व्यापारलाई उच्च प्राथमिकता दिने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति सचिव चन्द्रकुमार घिमिरेले सिमेन्ट, कफी, चिया र पश्मिनाको व्यापारलाई उच्च प्राथमिकता दिएर सरकारले मुलुकमा बढ्दो व्यापार घाटालाई न्यूनिकरण गर्दै लैजाने नीति लिएको बताएका हुन् ।

उनले मुलुकको समृद्धिका लागि बंगलादेशसँगको सहकार्यलाई अझै घनिभूत बनाउने पनि बताए ।

शुक्रबार बंगलादेश दुतावासले काठमाडांैमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै सचिव घिमिरेले मुलुकलाई समृद्ध बनाउने विषयमा नेपाल सरकार नजिकमा छिमेकी मुलुकहरुसँग सहकार्य गरेर अघि बढन तयार रहेको पनि स्पष्ट पारे ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न बंगलादेशका उद्यमीहरुलाई आग्रह गरे ।

उनले नेपाल विश्वकै उत्कृष्ट पर्यटकीय स्थल भएकाले यस क्षेत्रमा लगानी गर्न पनि अनुकूल वातावरण नेपालमा रहेको स्पष्ट पारे ।

अध्यक्ष शर्माले नेपालमा लगानी गरे प्रतिफल सुनिश्चित रहेको दावी पनि गरे ।

You can share this post!