इंग्ल्याण्डद्वारा पाँच एकदिवशीय श्रृङ्खला हृवाइटवास

११ वैशाख, काठमाडौं । जोस बट्लरको शतकको मदतमा इंग्ल्याण्डले पाँचौं एकदिवसीय क्रिकेटमा अष्ट्रेलियामाथि एक विकेटको रोमाञ्चक जित हात पारेको छ । यससँगै घरेलु टोलीले पाँच एकदिवसीय श्रृङ्खला हृवाइटवास गरेको छ ।

अष्ट्रेलियाले दिएको २०६ रनको लक्ष्य इंग्ल्याण्डले ४८.३ ओभरमा ९ विकेट गुमाएर भेट्टायो । उसको जितमा बट्लरले नटआउट ११० रनको योगदान दिएका छन् ।

केन रिचाडसन र बिली स्टेनलेकले समान ३-३ तथा मार्कर स्टोइनिसले २ विकेट लिएका थिए ।

यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ३४.४ ओभरमा सबै विकेट गुमाएर २०५ रन बनाएको थियो । उसका लागि ट्राभिस हेडले ५६ रन बनाउँदा डीआर्सी शर्टले ४७ र एलेक्स केरीले ४४ रनको योगदान दिएका थिए ।

अष्ट्रेलियालाई सस्तैमा समेट्ने क्रममा इंग्ल्याण्डका मोइन अलीले ४ विकेट लिएका छन् ।

You can share this post!