रोजो को गोलसंगै अर्जेन्टिना अन्तिम १६ मा || नकआउटमा फ्रान्स संग भिड्ने

अर्जेन्टिना बिरुद्ध नाइजेरिया

मार्कोस रोजोको गोलसँगै अर्जेन्टिना विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ ।

सोमबार राति भएको समूह डीको अन्तिम खेलमा क्रोएसियाले आइसल्याण्डलाई २–१ ले हराउँदा अर्जेन्टिनाले नाइजेरियालाई पनि २–१ कै अन्तरमा पाखा लगाएको छ । यो जितसँगै अर्जेन्टिना समूह उपविजेताका रुपमा अन्तिम १६ मा पुगेको छ । रुस विश्वकपमा राम्रो प्रदर्शन गर्न नसकेको अर्जेन्टिनालाई अघिल्लो चरण पुग्न यो खेल जित्नै पर्ने थियो र अर्को खेलमा क्राएसिया नहार्नु पर्ने थियो । यो खेलमा गोलकिपर क्याबलेरोको स्थानमा अरमानीलाई खेलाइएको थियो भने सर्जिओ एग्युरोलाई बेञ्चमा राखेर हिगुइनलाई सुरुवाति ११ मा ल्याइएको थियो ।

खेलमा अर्जेन्टिनाले अग्रता पनि १४ औं मिनेटमा नै लिओनल मेस्सीको उत्कृष्ट गोलबाट लिएको थियो । तर, दोस्रो हाफको सुरुमा नै पेनाल्टीमार्फत गोल खायो ।

जाभियर मासेरानोको डि बक्स एरियामा विपक्षी खेलाडीलार्इ फउल गरेपछि दिइएको पेनाल्टीमा नाइजेरियाका भिक्टर मोएजले सहजै गोल गरेका थिए ।

खेल १-१ को बराबरीतर्फ उन्मुख भएका बेला रोजोले ८६ औं मिनेटमा उत्कृष्ट भली गोल गरेका थिए । उनले गाब्यिल मेर्सेडोको पासमा गोल गरेका हुन् ।

अबको खेलमा अर्जेन्टिनाले फ्रान्ससंग खेल्नेछ |

आइसल्याण्ड बिरुद्ध क्रोयसिय

समूह डी कै अर्को खेलमा क्रोयसियाले आइसल्याण्ड लाई २-१ ले हराउदै आइसल्याण्डको अन्तिम १६ को सम्भावना समाप्तपरेको छ | खेलको ५३औ मिनेटमा बदेइज़ को गोलबाट क्रोयसियाले अग्रतालियको थियो | त्यसपछि ७६ औ मिनेटमा सगार्डसन्ले पेनाल्टीमार्फत गोल गर्दै आइसल्याण्डलाई बराबरीमा पुर्यायपनि खेलको ९० मिनेटमा पेरिसिक्ले गोल गर्दै क्रोयसिया को लागि जित सुनिस्चित गरेका थिय | अब क्रोयसियाले डेनमार्कको सामना गर्ने छ |

You can share this post!