जर्मनी, मेक्सिको र बेल्जियम बिजयी || मेक्सिको र बेल्जियम नाकआउट चरणमा

काठमाडौं ।

जर्मनी बिरुद्ध स्विडेन 

समूह चरणको पहिलो खेल हरेको विश्वकप बिजेता जर्मनीले नाटकीय रुपमा स्विडेनलाई अतिरिक्त समयको अन्तिम मिनेटमा टोनी क्रूसको गोलको मद्दतले जित हात पारेको छ | खेलको ३२ औ मिनेटमा ओ तोइओभोनेन् को गोलबाट स्विडेनले अग्रता लियको थियो | दोस्रो हाफको सुरुवातीसंगै मारको रिउस ले ४८ औ मिनेटमा गोल गर्दै जेर्मानीलाई खेलमा फकायका थिय | ८२ औ मिनेटमा बोटिंगले रेडकार्ड खयपछी जर्मनी १० खेलाडीमा सिमित भयातापानी खेलको ९५ मिनेटमा टोनी क्रूसले गोलगर्दै विश्व बिजेतालाई २०१८ विश्वकपको पहिलो जित दिलायका थिय | एस संगै जर्मनीले साउथकोरिया बिरुद्ध हुनेखेल्मा जित हात पारे नकाउट चरणमा जान स्विडेन लेआगामी खेल मेक्सिको संग बराबर अथवा हार्नु पर्नेछ | मेक्सिको नाकआउट चरणमा पुगिसकेकोछ |

बेल्जियम बिरुद्ध ट्युनिसिया

इडन हजार्ड र रोमेलु लुकाकुको दुई-दुई गोलसँगै ट्युनिसियामाथि सहज जित हात पारेको बेल्जियम विश्वकपको नकआउट चरण नजिक पुगेको छ । ट्युनिसिया भने समूह चरणबाटै बाहिरिने देखिएको छ ।

शनिबार भएको खेलमा बेल्जियमले ट्युनिसियामाथि ५-२ को सहज जित हात पारेको हो ।

बेल्जियमले छैटौं मिनेटमा नै कप्तान हाजार्डको पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो । १० मिनेटपछि लुकाकुले गोल थपे । तर, त्यसको दुई मिनेटपछि नै ट्युनेनियाले गोल फर्कायो । ब्रोनले १८ औं मिनेटमा हेड गोल गर्दै २-१ को स्थितिमा ल्याए ।

पहिलो हाफको अतिरिक्त समयमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई फेरि २ गोलको अग्रता दिलाए ।

दोस्रो हाफमा पनि बेल्जियम हाबी भयो । ५१ औं हिनेटमा हाजार्डले अर्को गोल थप्दै खेललाई ४-१ को अन्तरमा पुर्‍याए । त्यसपछि बेल्जियमले लुकाकु र हाजार्डलाई मैदानबाहिर निकाल्यो ।

सब्टिच्युट खेलाडी बत्सुयीले ९० औं मिनेटमा बेल्जियमका लागि अर्को गोल गरे । तर, ट्युनिसयाले हार भने मानेन । इन्जुरी टाइममा ट्युनेसियाका कप्तान खाजरीले गोल गर्दै खेल ५-२ मा टुंग्याए ।

यस संगै बेल्जियम ६ अंकका साथ नकाउटचरणमा पुगेकोछ |

मेक्सिको बिरुद्ध साउथकोरिया

दक्षिण कोरियाका फवार्ड सन हियुङ मिनले विश्वकपमा मेक्सिकोविरुद्ध इन्जुरी टाइममा सनसनीपूर्ण गोल गरेका छन् । तर, मेक्सिको जित टार्न सकेनन् ।

शनिबार भएको खेलमा मेक्सिकोले दक्षिण कोरियालाई २–१ ले हराएको हो । पहिलो खेलमा विश्व च्याम्पियन जर्मनीलाई हराएर सनसनी मच्चाएको मेक्सिकोले कोरियाविरुद्ध पनि आफूलाई प्रमाणित गरेको छ ।

लगातार दोस्रो जितसँगै समूह एफको शीर्ष स्थानमा रहेको मेक्सिको नाकआउट चरण नजिक पुगेको छ । दोस्रो हारले दक्षिण कोरिया भने समूह चरणबाट बाहिरिने सम्भावना बलियो बनेको छ ।

खेलमा मेक्सिकोले २६ औं मिनेटमा कार्लोस भेलाको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । डिफेण्डर ज्याङ हिउन सुको ह्याण्ड गरेपछि मेक्सिकोले पेनाल्टी पाएको थियो, जसमा भेलाले सहजै गोल गरे ।

६६ औं मिनेटमा मेक्सिकोले काउन्टर अट्याकमा गोल गर्दै अगता दोब्बर बनायो । उसका लागि जाभियर हर्नान्डेजले गोल गरे । मेक्सिकोको लागि उनको यो करियरको ५० औं गोल समेत हो ।

तर, इन्जुरी टाइममा दक्षिण कोरियाका सन हियुङ मिनले सनसनीपूर्ण गोल गरे । उनले मेक्सिकोको पेनाल्टी एरिया बाहिरबाट हानेको बल गोलमा परिणत भएको थियो । रुस विश्वकपमा कोरियाको यो पहिलो गोल समेत हो ।

तर, उनको गोल कोरियाको हार टार्न पर्याप्त रहेन ।

 

You can share this post!