नेइमार र कौटिन्होको गोलमा ब्राजिलको सानदार जित नकआउट चरणको सम्भावना बलियो

नेइमार र कौटिन्होले गोल गरेपछि कोष्टारिकालाई हराउँदै ब्राजिल समूहको शीर्ष स्थानमा पुगेको छ। अधिकांश समय बल नियन्त्रणमा लिए पनि ब्राजिलले गोल गर्न अन्तिमको इन्जुरी समयसम्म कुर्नुपर्‍यो।
खेलको निर्धारित समय सकिएपछि पहिलो मिनेटमा काउन्टर एट्याकका क्रममा ब्राजिलका फिलिप काउटिन्होले गोल गरेका थिए। त्यसपछि अतिरिक्त समयको अन्तिम मिनेटमा नेइमारले गोल गर्दै ब्राजिललाई २-० को स्पष्ट जित दिलाए।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिए पनि इन्जुरी समयमा दुबै गोल समूह ई बाट ४ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। यो जितले ब्राजिललाई दोस्रो चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ।
यसअघि नेइमारलाई लडाएको भन्दै कोस्टारिकाविरुद्धको पेनाल्टीलाई भिडियो एसिस्टेन्ट रेफ्रीले उल्टाइदिएको थियो। खेलको ७९ औँ मिनेटमा नेमारलाई कोस्टारिकाको डि बक्समा लडाएको भन्दै मुख्य रेफ्रीले पेनाल्टी दिएका थिए।
पेनाल्टी हान्न नेइमार तयार भएको अवस्थामा भिडियो एसिस्टेन्ट रेफ्रीको सहयोगमा पेनाल्टी दिने निर्णयलाई उल्टाइएको थियो।
यसअघि खेलको २६ औं मिनेटमा नेइमारको पासमा ग्याब्रियल जिससले गरेको गोललाई रेफ्रीले अफ साइड दिएका थिए।
सर्बियाविरुद्धको खेलमा हारे पनि कोस्टारिकाले ब्राजिलसँग बहादुरीपूर्ण खेल खेल्यो। कोष्टारिकाको बलियो रक्षापंती तोड्न ब्राजिललाई हम्मे हम्मे परेको थियो।
रूसमा जारी फिफा विश्वकप २०१८मा कोष्टारिकाविरूद्ध गोल गरेका नेइमार ब्राजिलका लागि सबैभन्दा बढी गोल गर्ने तेस्रो खेलाडी भएका छन्
शुक्रबार समूह चरणको आफ्नो दोस्रो खेलमा ब्राजिलले कोष्टारिकालाई २-०ले हराउने क्रममा नेइमार र कौटिन्होले इन्जुरी समयमा गोल गरेका थिए।
निर्धारित समय गोलरहित बराबरीमा सकिनै लागेको बेला इन्जुरी समयका लागि थपिएको ६ मिनेटमध्ये पहिलो मिनेटमा कौटिन्हो र अन्तिम मिनेटमा नेइमारले गोल गरेका थिए।
फिफा विश्व कप २०१८ मा यो नै नेइमारको पहिलो गोल हो। यसअघि स्वीट्जरल्याणडविरूद्ध खेलेको खेलमा गोल गर्न सकेका थिएनन्।
यो गोलसागै नेइमारको अन्तर्राष्ट्रिय गोल संख्या ५६ पुगेको छ। उनी सबैभन्दा बढी गोल गर्ने क्रममा रोमेरियोलाई पछि छोडेका छन्। अब उनफ ब्राजिलका लागि सबैभन्दा बढी अन्तराष्ट्रिय गोल गर्ने क्रममा पेले र रोनाल्डो भन्दा पछि छन्। पेलेले ब्राजिलका लागि ७७ गोल गरेका छन् भने रोनाल्डोले ६२ गोल गरेका छन्।
घाइते भएर केही समय मैदान बाहिर रहेका उनी पुरा फिट भइनसकेको ब्राजिलियन कोचले बताइसकेका छन्।

You can share this post!