पेट्रोलको मूल्य घट्यो || हेरौ कति पुग्यो

काठमाडौँ | नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। चौतर्फी बिरोध पश्चात पेट्रोलको मूल्य रु ११३ तोकियाको पेट्रोलको मूल्य घटायर रु ११० कायम गरियको छ| पेट्रोलमा तीन रुपयाँ घटेको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए। भारतबाट मूल्य घटेर आएका कारण पेट्रोलियम पदार्थको मूल्य घटाइएको उनले बताए।

यस्तै डिजेल र मट्टितेलमा २/२ रुपयाँ मूल्य घटेको छ। यसअघि डिजेल र मट्टितेलको मूल्य ९५/ ९५ थियो। २०७१ असोजदेखि स्वचालित मूल्य कायम गरिएको थियो। त्यसपछि १९ पटक अन्तराष्ट्रिय बजारमा मूल्य घटेअनुसार १९ पटक घटाएर समायोजन गरिएको छ।

थप जानकारीका लागि http://www.nepaloil.com.np/ मा जानु होला |

You can share this post!