‘ब्यूटी हेरिटेज’ को अभिनेतादेखि पूर्वमन्त्रीसम्मले गरे उद्घाटन

१५ गते शुक्रबार -रंगकर्मी तथा फेसन डिजाइनर नीता थापाले ‘ब्यूटी हेरिटेज’ सञ्चालनमा ल्याएकी छन् । शुक्रवार पूर्वमन्त्री प्रभु शाह, अभिनेता नरेन खड्का, बलिउड सेलिव्रेटी फेसन डिजाइनर विशाल कपूर र वरिष्ठ व्यूटिशियन कमला श्रेष्ठले संयूक्त रुपमा ‘ब्यूटी हेरिटेज’ को रिवन काटेर उद्घाटन गरे ।

यसमा महिलाका लागि हेयर स्टाइल, पर्लर ,कस्मेतिक्, सँगै बुटिकको सुविधा र CTVT को सिप्मुलक तलिमा गरऊने र दक्ष्य जनसक्ती उत्पदन गर्ने उनको सोच छ । । सञ्चालिका नीताले आफू बाल्यकालदेखि नै फेसन डिजाइनर र व्यूटिशियन बन्ने चाहना रहेको बताउँदै अब ‘ब्यूटी हेरिटेज’ बाट ती इच्छा पूरा गर्न लागेको बताइन् ।

सेतो पूलबाट मैतीदेवीतर्फ अगाडि बढ्दै गर्दा राष्ट्रिय बाणिज्य बैंकको सामुन्नेमा ‘ब्यूटी हेरिटेज’ अवस्थित छ । सञ्चालिका नीताले गुणस्तरीय र सहुलियत मूल्यमा ग्राहकलाई उत्कृष्ट सेवा पस्किने बताउँछिन् । आफ्नो पार्लरमा आउने कलाकारका लागि बिशेष छुटको व्यवस्था गरिएको पनि उनले बताइन् ।

‘ब्यूटी हेरिटेज’ को उद्घाटन गर्दै अभिनेता नरेन खड्काले नीताको पार्लरको सफलताको कामना गरे । यस्तै, व्यूटिशियन कमला श्रेष्ठले यो पार्लरले राम्रो सेवा दिने विश्वास व्यक्त गरिन् ।

You can share this post!