विश्वकप २०१८ को उद्घाटन खेलमा रसिया ५-० गोल अन्तरले बिजयी

जेष्ठ ३१ | विश्वकपको उद्घाटन खेलमा रसियाले साउदीअरबलाई ५ – ० को फराकिलो गोलअन्तर ले हरायको छ |

विश्वकप २०१८को पहिलो गोल १२ औ मिनेटमा रसियाका गज़िन्सके ले गोलोभिन को पासमा गरेका थिय | दोश्रो गोल भने खेलको ४३ औ मिनेटमा सब खेलाडी चेरिशेव ले जोब्निन को पासमा गरेका थिय, तेश्रो गोल डेजाबु ले खेलको ७१ औ मिनेटमा गोलोभिन को पासमा गरेका थिय, चौथो गोल खेलको अतिरिक्त समय ९१ औ मिनेटमा चेरिसेव ले डेजाबू को पासमा गरका थिय अन्तिम तथा ५ औ गोल गोलोवींले गरेका थिय | यस संगै समूह ए मा रसिया शिर्ष स्थानमा उक्लियको छ र राउण्ड अफ १६ को सम्भावना बलियो पारेको छ |

अब अर्को खेल भोलि उरुग्वे र इजिप्ट बीच दिउसो ५:४५ मा हुनेछ साथै भोलिनै ८:४५ मा मोरक्को- इरान र ११:४५ मा पोर्तुगल-स्पेन बीच खेल हुने छ |

You can share this post!