२०१८ विश्वकपको उद्घटन आजबाट हुदै | आयोजक रसिया संग साउदी भिड्दै

३१ जेष्ठ | आजबाट रसिया विस्वकप २०१८ को आरम्भ हुन गैरहेकोछ उदघाटन खेल आयोजक रसिया र साउदी अरब बीच हुने छ | राजधानी मस्कोको लुझनिकी स्टेडियममा विश्वकप फुटबलको भव्य उदघाटन समारोह हुनेछ । ८० हजार दर्शक क्षमता भएको यो स्टेडियममा ५०० कलाकारहरुले आफ्नो प्रस्तुती दिनेछन् । कलाकार हरुइङ्गल्याण्डका पपस्टार राबी विलियम्स र स्पेनका ओपेरा गायक प्लासिडो डोमिगो आकर्षणको केन्द्र हुने छ । यसको अलावा जुआउन डिएगो फ्लोरेज र गरीफुल्ल्निाले पनि आफ्नो प्रस्तुती दिनेछन् ।विश्वकपको पहिलो म्याच आयोजक रुस र साउदी अरबबीच हुनेछ ।

यो खेल नेपाली समयअनुसार बेलुका ८ः४५ मा सुरु हुनेछ ।

विश्वकपको प्रतिस्पर्धामा ३२ टिम सहभागी हुनेछन् । यी टिमलाई आठ समूहमा बिभाजन गरिएको छ । एउटा समूहमा चार–चार राष्ट्र छन् । हरेक समूहबाट दुई राष्ट्र नकआउट चरणमा पुग्नेछन् ।

आइसल्याण्ड र पनामाले रुस विश्वकपबाट डेब्यू गर्दैछन् ।

रुस विश्वकपबाट पहिलोपटक भिडियो रेफरल प्रणाली प्रयोगमा ल्याइँदैछ ।

You can share this post!