विश्वयुद्ध समेत लडेका वरिष्ठ कलाकार भीमबहादुर थापाको निधन

विश्वयुद्ध समेत लडेका वरिष्ठ कलाकार भीमबहादुर थापाको निधन

काठमाडौं

काठमाडौं । बरिष्ठ कलाकार भिमबहादुर थापाको गएराती आफ्नै निवास काठमाडौं मैतीदेवीमा निधन भएको भएको छ । ९३ वर्षका थापा लामो समयदेखि छाती, फोक्सोलगायत समस्याबाट पीडित हुनुहुन्थ्योे । हाँस्य टेलिचलचित्र तीतो सत्यमा काम गरेपछि चर्चित बन्नुभएको उहाँले थुप्रै चलचित्र, टेलिचलचित्र र रेडियो नाटकमा अभिनय गर्नुभएको थियो ।
उहाँले २ वर्ष बृटिश सेनामा काम गरेर दोस्रो विश्वयुद्ध पनि लड्नुभयो । पछि उहाँ नेपाली सेनामा कार्यरत हुनुहुन्थ्यो । उहाँको जन्मघर खोटाङको लामिडाँडा हो । उहाँको आजै पशुपतिमा अन्त्येष्टि गरिंदैछ । अन्त्येष्टिअघि पशुपतिमै श्रद्धाञ्जली कार्यक्रम गरिने कलाकार दीपाश्री निरौलाले जानकारी दिनुभयो ।

ब्रिटिस आर्मीको तर्फबाट दोस्रो विश्वयुद्ध लडेका वरिष्ठ कलाकार भीमबहादुर थापाको निधन भएको छ । मंगलबार राति काठमाडौंको मैतीदेवीमा रहेको आफ्नै निवासमा थापाको निधन भएको उनको परिवारले जानकारी दिएको छ ।

सन् १९३९ देखि ९४५ सम्म चलेको दोस्रो विश्व युद्धमा ब्रिटिस आर्मीको तर्फबाट लडेका थापा लामो समयदेखि छाती, फोक्सोको समस्याबाट पीडित थिए । कलाकार थापाले थुप्रै चलचित्र, टेलिचलचित्र र रेडियो नाटकमा अभिनय गरेका थिए।

१९८३ साल असार १३ गते खोटाङमा जन्मिएका थापा अस्वस्थ्य भएपछि कलाकारिताबाट बाहिरिएका थिए । उनले केही समय तीतो सत्यमा काम गरेपछि खुश चर्चा पाएका थिए ।

You can share this post!