काठमाडौंमा विश्वकप देखाउँदा प्रशासनको १० नियम

२८ जेठ, काठमाडौं । विश्वकप सुरु हुन तीन दिन बाँकी हुँदा जिल्ला प्रशासन कार्यालयले विश्वकपका खेल देखाउँदा पालन गर्नुपर्ने नियमबारे सूचना जारी गरेको छ ।

प्रशासनले १० बुँदे सूचना जारी गर्दै विभिन्न क्लब, संघसंस्था, निजी व्यवसायीहरुले आआफ्नो परिसरभित्र मात्रै खेल देखाउन पाउने जनाएको छ ।

साथै विश्वकपका खेल प्रदर्शन भएको ठाउँमा प्रवेश शुल्क लिन नपाउने, खेललाई लिएर जुवा र सट्टेबाजी गर्न नपाइने, सार्वजनिक स्थलमा गरिने प्रदर्शनमा रक्सी खाने र बेच्ने गर्न नपाइने, सीसीटीभीको व्यवस्था भएको हुनुपर्ने, ट्राफिक अवरोध गर्न नपाइने, होहल्ला गर्न नपाइनेलगायतका नियम प्रशासनले जारी गरेको छ ।

हेर्नुस् १० नियम

You can share this post!