फेसबुकले गर्यो डेढ करोड प्रयोगकर्ताका गोप्य पोष्ट सार्वजनिक, फेसबुकद्वारा गल्ति स्वीकार

फेसबुकले गर्यो डेढ करोड प्रयोगकर्ताका गोप्य पोष्ट सार्वजनिक, फेसबुकद्वारा गल्ति स्वीकार
Uncategorized

फेसबुकले एकपटक फेरि प्रयोगकर्ताको गोपनियतामा दखल पूराउने खालको गडबडी भएको तथ्य स्विकार गरेको छ ।

गत मे महिनामा सफ्टवेयरसँग सम्बन्धित एक गल्तीका कारण १ करोड ४० लाख फेसबुक प्रयोगकर्ताको प्राइभेसीमा असर पुगेको फेसबुकले जनाएको छ । जसका कारण ती प्रयोगकर्ताका फेसबुकका प्राइभेट पोष्टहरु समेत सार्वजनिक भएका छन्

फेसबुकमा आफुले राखेका पोष्टहरु आफ्नो फ्रेन्डलिस्टमा भएकाहरुलाई मात्र देखाउने गरी प्राइभेसी सेटिंग गरेका फेसबुक प्रयोगकर्ताका त्यस्ता पोष्टहरु आफसे आफ सबैले देख्न तथा पढ्न मिल्ने गरी पब्लिक भए ।

फेसबुकको यो गल्तीबाट कुन देशका फेसबुक प्रयोगकर्ता सबैभन्दा बढि प्रभावित भए भन्ने चाहीँ खुलाइएको छैन । फेसबुकका चिफ प्राइभेसी अफिसर एरिन एगनले चाहीँ फेसबुकका इन्जिनियरहरुले फेसबुकमा प्रयोगकर्ताको फोटो वा प्रोफाइलमा रहेका अन्य सेक्सनहरु शेयर गर्न सकिने एउटा फिचरको परीक्षण गरिररहेका बेला गल्तीबस यस्तो हुन गएको र प्राइभेट पोष्टहरु पब्लिक भएको दाबी गरेका छन् ।

उनका अनुसार फेसबुकको टिमले उक्त नयाँ फिचर ट्रायल गरिरहेको थियो र सोही क्रममा सफ्टवेयरमा समस्या आएको हो । प्राइभेट पोष्टहरु पब्लिक हुने समस्या १८ देखि २७ मे भित्र गरिएका पोष्टहरुमा मात्र देखिएको बताइएको छ ।

उनले ब्लगमा लेखेका छन्, ‘अब समस्या समाधान भैसकेको छ । अब प्रयोगकर्ताले छानेकै प्राइभेसी सेटिंग्स अनुसार बाहिरी मानिसहरुले उसका पोष्टहरु देख्न पाउँछन् ।’ पछिल्लो घटनाबाट १ करोड ४० लाख फेसबुक प्रयोगकर्ता प्रभावित भएको पनि उनले बताएका छन् ।

अघिल्लो दिनमात्र फेसबुकले चिनिया कम्पनी वावे लगायतका तिन स्मार्टफोन निर्माता कम्पनीहरुसँग प्रयोगकर्ताका डाटा शेयर गर्ने गरेको खुलासा भएको थियो । त्यसअघि क्याम्बि्रज एनालिटिका डाटा घोटाला प्रकरणले फेसबुक विश्वव्यापी रुपमा आलोचित बन्दै आएको थियो । कैयन् देशमा यस विषयमा जाँचबुझ चलिरहेको छ ।

कतै तपाइँ प्रभावित त हुनुभएन ?

पछिल्लोपटक डेढ करोड प्रयोगकर्ताका प्राइभेट पोष्टहरु पब्लिक भएको घटनाबाट कुन कुन देशका प्रयोगकर्ता प्रभावित भएको खुलेको छैन । तर फेसबुकले यसरी डाटा पब्लिक भएर प्रभावित भएका सबे प्रयोगकर्तालाइ सूचित गरेको छ ।

यदि तपाइँको पोष्ट पनि पब्लिक भएको छ भने तपाइँले फेसबुक लगइन गर्ने लगत्तै एक नोटिफिकेसन प्राप्त गर्नुहुनेछ । उक्त नोटिफिकेसनमा क्लिक गरेपछि एक नयाँ पेज खुल्नेछ ।

उक्त पेजमा फेसबुकको गल्तीका कारण पब्लिक हुन पुगेका तपाइँका सबै पोष्टहरुको विस्तृत विवरण हुनेछ । ती पोष्टहरुलाई तपाइँ पुनः प्राइभेसी सेटिंग्स गरेर पूरानै अवस्थामा ल्याउन सक्नुहुनेछ । एजेन्सी

You can share this post!

Previous article

Next article