म्याच फिक्सिङको आरोप लागेका पूर्व फुटबलर अञ्जन केसी ‘सट्टेबाजी धन्दा’ चलाएको आरोपमा पुनः पक्राउ

काठमाडौं–  भारतमा भर्खरै सम्पन्न आईपीएल टि–ट्वान्टी प्रतियोगिता र अन्तर्राष्ट्रिय फुटबलमा महत्वपूर्ण मानिने लिगहरूको सट्टेबाज गरी ‘अनलाइन बेटिङ’मार्फत ठगी गर्ने कार्यमा पूर्व राष्ट्रिय फुटबल टिमका सदस्य अञ्जन केसीदेखि गुण्डा नाइके दावा लामासमेत संलग्न रहेको पाइएको छ ।

सोमबार प्रहरीले अञ्जनसहित पाँच जना सट्टेबाजहरूलाई नियन्त्रणमा लिएसँगै प्रहरीको सूचीमा ‘क’ वर्गमा रहेका गुण्डा नाइके दावाको संलग्नता खुलेको हो ।

म्याच फिक्सिङको आरोप लागेका पूर्व फुटबलर अञ्जन केसी ‘सट्टेबाजी धन्दा’ चलाएको आरोपमा पुनः पक्राउ

‘गुण्डागर्दीमा संलग्न दावा पनि सट्टेबाजीमा संलग्न रहेको खुल्न आएको  छ । उनले सिक्किममा बसेर यस्तो धन्दा चलाएको प्रराम्भिक अनुसन्धानमा देखिएको छ’, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’

काठमाडौं प्रहरीले पत्रकार सम्मेलन गरेर सट्टेबाजमा संलग्न ६ जनालाई सार्वजनिक गरेको छ ।

मङ्गलबार प्रहरीले सट्टेबाजीमा संलग्न पूर्व फुटबल प्रशिक्षकसमेत रहेका अञ्जन केसी, मैतीदेवीका गौरव तिवारी, काभ्रेका भूपेन्द्र कुँवर, नुवाकोटका निदेश बोगटी, भक्तपुरका विजय श्रेष्ठ र नरेन्द्र सुवाललाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

गुण्डा नाइके दावा भने फरार भएका छन् । दावाले पछिल्लो समय भएको चेल्सी र लिभरपुलको खेलमा १० लाख भारतीय रुपियाँ अनलाइन अकाउन्टमार्फत लगानी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

 

 ‘नागराज’सँग विवाद भएपछि जन्मियो ‘गौरव’ समूह  

भारतको गोवामा बस्दै आएका अमृत अग्रवाल ‘नागराज’ र गौरव तिवारीको राम्रै हिमचिम थियो । सँगै मिलेर सट्टेबाजीको धन्दा चलाउँदै आएका नागराज र गौरवका बीचमा लेनदेन विवाद भएपछि नेपालमा गौरवले छुट्टै समूह निर्माण गरेको पाइएको छ ।

‘पछिल्लो समय गौरव समूहले लन्डनबाट २४ वटा अकाउन्ट खोलेर मास्टर अकाउन्ट मार्फत सात करोड ४७ लाख बराबरको कारोबार गरेको देखिन्छ’, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले भने, ‘भूपेन्द्र शमशेर कुँवरले गौरवसँग मिलेर २०७२ सालदेखि नै अनलाइन बेटिङ गराउँदै आएको देखिन्छ ।’

भर्खरै सम्पन्न आईपीएल टी ट्वान्टी क्रिकेट प्रतियोगितमा भुपेन्द्रको खाताबाट ३ करोड २३ लाख नगद ट्रान्जेक्सन भएको खुल्न आएको छ ।

भुपेन्द्र कुँवरसँग मिलेर विगत दुई वर्षदेखि अनलाइन जुवा खेलाउँथे फुटवलर अञ्जन केसी । २०७२ असोजमा म्याच फिक्सिङ प्रकरणमा पक्राउ परेर धरौटीमा छुटेका केसीले ललितपुर जिल्लाको अनलाइन सट्टेबाजीको जिम्मा नै लिएका थिए ।

प्रहरीले नियन्त्रणमा लिएका विजय श्रेष्ठले विगत एक वर्षदेखि भुपेन्द्रमार्फत बेटिङ खेल्ने खेलाउने गर्दै आएका थिए ।

विजयको खातामा एक करोड ७० को ट्रान्जेक्सन देखिएको प्रहरीले जनाएको छ ।

त्यस्तै नरेन्द्र सुवालले भने विजय श्रेष्ठसँग मिलेर सत्तहत्तर लाख बराबरको सट्टेबाजी गरेको खुल्न आएको छ ।

सुन्धारास्थित सिभिल मलमा रहेको ‘१२ डी’ नामक मुभीका सञ्चालकसमेत रहेका गौरव तिवारीका सहयोगी हुन् दिनेश बोगटी ।

उनले गौरवको बेटिङ एजेन्टको रूपमा काम गर्दै आएका थिए ।

गौरवको  ‘१२ डी’ नामक मुभी नेपाल प्रहरीका पूर्व एआईजी विज्ञानराज शर्मा र नवराज ढकालले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

(rato Pati)

You can share this post!