बिपी रामजमार्गको खुर्कोट-चियाबारी खण्डमा पनि सुरुङ बनाउने अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । त्यसैगरी सिद्धार्थ राजमार्गमा सिद्धबाबामा पनि सुरुङ निर्माण गरिनेछ । बिपीनगर-खुटिया-दिपायल खण्डमा पनि सुरुङमार्ग बनाइनेछ ।
गणेशमानमार्गको थानकोट चिल्ताङ खण्डमा पनि सुरुङमार्ग बनाउने योजना ल्याइएको छ । त्यसैगरी कोटेश्वर जडिबुटी खण्डमा पनि सुरुङमार्ग बनाउने अर्थमन्त्रीले जानकारी दिएका छन् ।