तस्करीको सुनले सबै पर्दाफास, गोरेको नयाँ व्यवसाय यस्तो पो रहेछ !

 

तस्करीको सुनले सबै पर्दाफास, गोरेको नयाँ व्यवसाय यस्तो पो रहेछ !

काठमाडौं। साढे ३३ किलो सुन तस्करी र सहकर्मी सनम शाक्यको हत्याका मुख्य आरोपी भनिएका चुडामणि उप्रेती गोरेलेको अर्को नयाँ व्यवसाय भएको खुलासा भएको छ । गोरेले काठमाण्डुको टोखामा बुटिक सञ्चालन गरेको खुलेको हो ।

गोरेले २०७३ जेठ १८ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरेर ‘गाजलु द बुटिक एन्ड पार्लर’ नामक कम्पनी सञ्चालन गर्दै आएका छन् । सुन तस्करी र हत्यामा प्रतिवादी रहेकी उनकी श्रीमती नर्बदा खरेल(निरु) र साली दुर्गा खरेलले सञ्चालन गर्ने उक्त बुटिकले नेपाल भित्र र नेपाल बाहिर अर्डरअनुसारका डिजाइनिङ कपडा आपूर्ति गर्दै आएको थियो ।

बुटिकले दुबई, अष्ट्रेलिया र अमेरिकामा रहेका नेपाली र भारतीयलाई डिजाइन पोशाक आपूर्ति गर्ने गरेको देखिएको हो ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा १५०१९० दर्ता नम्बर रहेको सो बुटिक गाजलु द बुटिक एण्ड पार्लरमा दर्ता रहेको छ । कर कार्यालयमा समेत दर्ता रहेको उक्त बुटिक गोरेले सुन तस्करीबाट आर्जेको कालोधनलाई शुद्धिकरणका लागि प्रयोग गरेको हुनसक्ने अनुसन्धान अधिकारीहरु बताउँछन् ।

गाजलु बुटिकले नयाँ सडकस्थित अस्मरा बुटिकबाट डिजाइन गरेका कपडा किनेर त्यसलाई मार्केटिङ गरी बेच्ने गरेको तथ्य देखिएको छ ।

You can share this post!