एसइइको नतिजा असार पहिलो साता आउँदै

१४ जेठ, काठमाडौं

२०७४ साल चैत्रमा संचालित माध्यमिक शिक्षा परीक्षा (एसइइ कक्षा १०) को नतिजा यहि असार पहिलो साता सम्ममा प्रकाशित हुने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय एक अधिकारीका अनुसार डाटा इन्ट्री र रुजु गर्नेलगायत कामहरु तिब्र गतिमा भैरहेको र असार पहिलो सातासम्म नतिजा प्रकाशन हुने बताइएको छ ।

उनले भने “परीक्षा सकिएको तीन महिनाभित्र नतिजा सार्वजनिक गर्नुपर्ने नियम रहेको छ त्यसैले पनि असारको पहिलो सातासम्म परीक्षाफल सार्वजनिक गर्नेगरी तिब्ररुपमा काम भैरहेको छ  ।”

तेस्रो पटक अक्षराङ्कन पद्दतिमा आधारित रहेर प्रकाशित हुन लागेको नतिजामा विभिन्न विषयमा ‘सी’ ग्रेड वा सो भन्दा तल्लो ग्रेड प्राप्त भई ग्रेडवृद्धि गराउन चाहाने परीक्षार्थीको लागि ग्रेडवृद्धि परीक्षाको समेत व्यवस्था छ ।

२०७४ साल चैत्र ८ गते देखि सुरु भएको एसइइ परीक्षामा चार लाख ८५ हजार ५८६ परीक्षार्थी सम्मेलित भएका थिए ।

नतिजा कसरी हेर्ने ?

नतिजा प्रकाशन भैसकेपछी ईन्टरनेट वा मोबाईल एसएमएसमा नतिजा हेर्न सकिन्छ ।

ईन्टरनेटमा नेपाल टेलिकमको वेबसाईट www.see.ntc.net.np मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखि नतिजा हेर्न सकिन्छ भने मोबाईल एसएमएस बाट SEE लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा पठाएर पनि आफ्नो नतिजा हेर्न सकिन्छ ।

(merostudy)

You can share this post!