गोली लागेपछि ढले, साढे नौ लाख लुटियो,गुहार मागे, कसैले जोगाएनन (गोलीकाण्ड अपडेट)

धनगढी, 14 जेठ । धनगढीको बीच बजारमा एक जना व्यक्ति दिन दहाडै गोली प्रहार गरी लुटिदा प्रहरी र स्थानीय बासिन्दा भने रमिते भएका छन् । प्रहरी र दर्जनौ व्यापारीहरुको अघिल्तिरबाटै एक जना व्यक्तिलाई लुटेर लुटेराहरु गोली हानी फरार भएका छन् ।
एक जनाव्यक्तिमाथि व्यस्त सडकमा बिहानै गोली प्रहार गर्दा वरीवरीका मान्छे भने रमिते भएका छन् । लुटेराहरुबाट जोगाउने प्रयत्न पनि कसैले नगरेको गोली प्रहारबाट घाईते निर्मल कुमार कार्कीले बताएका छन् ।
मेरो नाम निर्मल कुमार कार्की हो । म आईएममा काम गर्छु । हरेक दिन बिहान बैंकमा पैसा लिन आउथे । आज बिहान पनि पैसा लिन आए । सिद्धार्थ बैंकबाट पैसा लिएर  फर्किदै गर्दा मुल सडकमै मलाई गोली हानेर लुटिए । पैसा लिएर आईएमईको कार्यालय जादै थिए, मलाई पिछा गर्दै आएका दुई जनाले मुल सडकमै म माथि गोली प्रहार गरे, ३२ वर्षिय कार्कीले भने, उनीहरुले मलाई गोली हानी मेरो साथमा रहेको साढे नौ लाख रुपैया लुटेर लगे ।
गोली लोपछि म ढले, मोटरसाईकलमा रहेका दुई जना मध्ये एक जनाले मेरो साथमा रहेको झोला खोसेर लगे, अस्पतालको शैयामा रहेका कार्कीले भने, छेउमै प्रहरी थिए । सडकमा ओहोर दोहोर गर्ने मान्छे पनि थिए । वरीपरी पसलेहरु पनि थिए । तर सबै रमिते भए । कोही पनि मलाई जोगाउन आएनन । म ढल्दा पनि मलाई उठाउन कोही आएनन, कार्कीले गुनासो गर्दै भने, लुटेराहरुले मास्क प्रयोग गरेकोले मैले उनीहरुलाई चिन्न सकेन । कार्कीको पाखुरामा गोली लागेको छ । छातीमा गोलीले छोएपनि चोट भने लागेको छैन । पाखुरा भने भाँचिएको छ ।
सेती अञ्चल अस्पतालको ईमर्जेन्सी ईञ्चार्ज कृष्ण बहादुर बाहेराले घाईते कार्कीको अवस्था खतरामुक्त भएको बताए ।लुटेराहरुले उनलाई पेस्तोलले गोली हानेको पाईएको छ । प्रहरीले घट्नास्थलबाट पेस्तोलको गोली समेत बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेले लुटेराहरुको खोजी भईरहेको बताए ।(source:Paschim Today )

You can share this post!