क्युबाः विमान दुर्घटनामा सयभन्दा बढीको मृत्यु

ल्याटिन अमेरिकी मुलुक क्युबाको हवाना अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको एउटा विमान दुर्घटनामा सय जनाभन्दा बढी मानिसको मृत्यु भएको छ।

तीन जना मात्रै बाँच्न सफल भएका छन् र उनीहरू गम्भीर घाइते छन्।

बोइङ ७३७ विमान क्युबाको उत्तरी शहर ओल्गीनतर्फ गइरहेको थियो।

प्रत्यक्षदर्शीहरूका अनुसार उड्ने बित्तिकै विमानमा समस्या उत्पन्न भएको थियो र विमानस्थल नजिकैको खेतमा जोतिन पुगेको थियो।

अनुसन्धान

त्यसपछि विमानमा आगो लागेको थियो।

जसको दोस्रो अन्तर्राष्ट्रिय उडान नै अन्तिम बन्यो…

‘आशाको दियो निभ्यो’

क्युबाको सरकारी कम्पनी क्युबन डे एभिएशनले मेक्सिकन वायुसेवा कम्पनीबाट भाडामा लिएर सञ्चालन गर्दै आएको विमान दुर्घटनामा परेको हो।

 

मृत्यु हुनेमध्ये ६ जना चालक दलका सदस्य रहेका छन्।

दुर्घटनाको कारणबारे अनुसन्धान थालिएको अधिकारीहरूले बताएका छन्।

You can share this post!